२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

लमही-घोराही सडक एकतर्फी सञ्चालन



दाङ ।
गएराती खसेको पहिरोका कारण अवरुद्ध घोराही-लमही सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

वर्षाका कारण उक्त सडकखण्डको कुलमोहर र चिसापानीको खसेको पहिरो अहिले हटाइएको छ । सोमबार राति १२ बजे पहिरो झर्दा अवरुद्ध भएको सडक बिहान साढे सातबजेपछि एकतर्फी सञ्चालन गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठले जानकारी दिए ।

सडक पूणर्रुपमा खुल्न समय लाग्ने उनको भनाइ छ । अहिले जेसीबीसहित सुरक्षाकर्मीहरुले पहिरो हटाउने काम गरिरहेका छन् ।

सोमबार पनि सडकखण्ड चार घण्टा अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०८० मंगलबार ००:००  १२ : ०५ बजे