२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

काभ्रेको छ स्थानीय तहमा डेंगु संक्रमण देखियो



काभ्रे ।
काभ्रेपलाञ्चोकका छ स्थानीय तहमा डेंगुको संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले छ स्थानीय तहका सात जनामा डेंगु संक्रमित पुष्टि भएको जनाएको छ ।

कार्यालयका अनुसार नमोबुद्ध नगरपालिकामा एक पुरुष र एक महिलाका साथै बनेपा, पनौती, पाँचखाल, मण्डनदेउपुर र रोशी गाउँपालिकामा एक÷एक जनामा डेंगुको संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पाँच पुरुष र दुई महिला रहेको कार्यालय प्रमुख डा पुरुषोत्तम सेढाइले बताए । उनका अनुसार संक्रमित सबै विभिन्न अस्पतालमा उपचाररत छन् ।

काभ्रेपलाञ्चोकमा यसअघि छ सय ८० डेंगुबाट संक्रमित भइसकेका छन् । डेंगुको उच्च जोखिमका रुपमा रहेको काभ्रेपलाञ्चोकमा प्रत्येक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान सञ्चालन भइरहेको छ ।

हाल जिल्लाका १३ वटै स्थानीय तहमा उक्त अभियान सञ्चालन भएको कार्यालयले जनाएको छ । डेंगुको उच्च जोखिमका नेपालका १० जिल्लामध्येमा काभ्रेपलाञ्चोक पनि समावेश छ ।

प्रकाशित मिति : २३ श्रावण २०८० मंगलबार ००:००  ३ : ०९ बजे