२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

अलैंचीको मूल्य दशकयताकै उच्च



झापा ।
अलैंचीको मूल्य एक दशकयताकै उच्च भएको छ । झापाको बिर्तामोडमा प्रतिमन अर्थात् ४० केजी अलैंची ६५ हजार रुपैयाँमा कारोबार भएको हो ।

गत मंसिर प्रतिमन २५ हजार रुपैयाँ रहेको अलैंचीको मूल्य निरन्तर बढेको हो । वैशाखमा ४० हजार रुपैयाँ पुगेको अलैंचीको मूल्य साउनमा नयाँ उचाइमा पुगेको नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले जनाए ।

२०७१ सालमा प्रतिमन एक लाख २० हजार रुपैयाँमा अलैंचीको कारोबार भएको थियो । गत आर्थिक वर्षमा नेपालबाट आठ अर्ब २७ करोड रुपैयाँको अलैंची निकासी भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८० मंगलबार ००:००  ४ : ०९ बजे