१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रोकिएको कित्ताकाट खुला गर्ने सरकारको निर्णय



काठमाडौँ ।
सरकारले रोकिएको कित्ताकाट खुला गर्ने गरी भू-उपयोग नियमावली पारित गरेको छ।

मङ्गलवार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले रोकिएको कित्ताकाट, नामसारी लगायत सबै काम फुकाउने गरी भू-उपयोग नियमावली पारित गरेको एक मन्त्रीले जानकारी दिए ।

नियमावली पारित भएसँगै कित्ताकाटमा देखिएका अप्ठेरा र झमेलाबाट मुक्त भई सहज रूपमा काम अघि बढ्ने ती मन्त्रीले बताए।

प्रकाशित मिति : ३० श्रावण २०८० मंगलबार ००:००  ८ : ३६ बजे