१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

संघीय निजामती सेवा ऐन परिष्कृत भएर आउँछः रक्षामन्त्री खड्का



काठमाडौं ।
उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामती सेवा ऐन परिष्कृत रुपमा आउने बताएका छन् ।

कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा बोल्ने क्रममा खड्काले २/४ महिना अघि सुनिएको भन्दा फरक तरिकाले निजामती सेवा ऐन आउने जानकारी गराए । ‘२/४ महिना तपाईंहरुले सुनेको भन्दा धेरै परिष्कृत रुपमा ऐन आउने छ,’ खड्काले भने, ‘त्यो ऐन संसदमा पुगेको छैन, यहाँ यो गरियो, त्यहाँ त्यो गरियो भन्न मैले मिल्दैन ।’

संघीय निजामती ऐन बनाउँदा ट्रेड युनियनको अधिकारप्रति गम्भिर ध्यान गएको उनले बताए । कर्मचारीका हक हित, वृत्ति विकास, संविधानले दिएको अधिकारको संरक्षण हुने गरी ऐन आउने उनले जानकारी गराए । संघीय निजामती सेवा ऐनलाई चाँडो भन्दा चाँडो संसदमा दर्ता गरेर पारित गर्ने प्रतिवद्धता उपप्रधान मन्त्री खड्काले गरे ।

निजामती सेवा ऐन, संघीय शिक्षा ऐन, संघीय प्रहरी ऐन लगायत समयमा ल्याउन नसकेको उनले स्विकारे । ‘संघ, प्रदेश र स्थानीय तहका लागि आवश्यक ऐनहरु जति छिटो हामीले ल्याउनुपर्ने थियो । ल्याउन सकेनौं ।’

प्रकाशित मिति : १ भदौ २०८० शुक्रबार ००:००  १२ : ४८ बजे