१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

उच्चस्तरीय छानबिन समिति बनाउने ‘सहमति’



काठमाडौं ।
अन्ततः दलहरुबीच सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने दलहरुबीच सहमति भएको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति भएको जानकारी दिएका छन् । उनका अनुसार छानबिन समितिको भोलिसम्ममा ड्राफ्ट गर्ने र त्यसका लागि कार्यविधि तयार गर्न तीन सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा एमाले सुवास नेम्बाङ, माओवादीका हितराज पाण्डे र नेपाली कांग्रेसका रमेश लेखक रहेका छन् ।

त्यस्तै, रास्वपाका सभापति रवि लामिछानेले पनि समिति गठनका सहमति भएको जानकारी दिए ।

त्यस्तै, नेपाली कांग्रेसका नेता रमेश लेखकले भने उच्चस्तरीय छानबिन समिति गठनका विषयमा मंगलबारसम्ममा टुंगिने बताए । मंगलबारको संसद चल्ने उनले बताए ।

प्रकाशित मिति : ५ भाद्र २०८० मंगलबार ००:००  ५ : ५५ बजे