१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपालले हङकङलाई ६ विकेटले हरायो



काठमाडौँ ।
चार देश सम्मिलित महिला टी–२० शृङ्खलामा नेपालले हङकङलाई ६ विकेटले हराएको छ ।

आज मङ्गलवार मलेसियाको वायुमास ओभलमा भएको खेलमा हङकङले दिएको ८५ रनको सामान्य लक्ष्य नेपालले १५ ओभर ५ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालका लागि सम्झना खड्काले नटआउट ३६ र पूजा महतोले १६ रन बनाइन् । बलिङतर्फ हङकङकी इक्रा सहर, मारिको हिल, मारयम बिबी र केरी चानले १र१ विकेट लिइन् ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङ १९ ओभर १ बलमा ८५ रन बनाउँदा अलआउट भयो । हङकङका लागि केरी चानले ३४ र डोरोथिया चानले १६ रन बनाइन् । बलिङतर्फ नेपालकी सीता राना मगरले ५ विकेट लिइन् । उनले ४ ओभरमा १६ रन दिँदै ५ विकेट लिइन् । यस्तै इन्दु बर्माले २ विकेट लिइन् ।

शनिवारसम्म हुने शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्दैछन् । नेपालले भोलि कुवेतसँग र बिहीवार घरेलु टोली मलेसियासँग खेल्नेछ ।

राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल शनिवार हुनेछ । थप दुई टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : ५ भाद्र २०८० मंगलबार ००:००  ३ : ४३ बजे