१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पूर्व विद्यार्थी तथा शिक्षकहरूको भेला सम्पन्न



अर्घाखाँची ।
सुधा मावि शितगंगा ५ जुकेना अर्घाखाँचीको पूर्व विद्यार्थी-शिक्षक पुनर्मिलन समाजको भेला सम्पन्न भएको छ । कपिलवस्तुको गोरुसिङ्गे इटालियन होटलमा बसेको भेलाले चन्द्र सारु मगरको अध्यक्षतामा २५ सदस्यीय कार्य समिति गठन गरेको छ ।

जसको उपाध्यक्षमा सुमित्रा गैरे र प्रदिप बेल्बासे, महासचिवमा रामचन्द्र बेल्बासे, सचिवमा ज्योतिलाल पौडेल र भिमलाल पौडेल, कोषाध्यक्षमा लक्ष्मण न्यौपाने ,सहकोषाध्यक्षमा, माधवराज न्यौपाने, प्रवक्तामा अन्जु बेल्बासे पौडेल रहनु भएको छ ।

भेलाले सबै क्षेत्र समेटेर समावेशी रूपमा सदस्यहरू चयन समेत गरेको छ । सदस्यहरुमा बाबुराम पौडेल, भगवता पौडेल भाट, शुसिला बेल्बासे पौडेल (बुटवल) भैरहवा र त्यहाँदेखि पूर्व दक्षिण क्षेत्र सुरज पौडेल, बेदप्रसाद पौडेल (जुकेना-जलुके क्षेत्र) रिता पौडेल पन्थी, निर्मला भाट, शारदा अर्याल न्यौपाने (ठाडा-अमराइदेखि उत्तर क्षेत्र) मिरा अधिकारी पौडेल, नरेन्द्र बेल्बासे (बनगाइ क्षेत्र) चन्द्र भाट, मिना गैरे भण्डारी (बोडगाउँ देखि चारनम्बर क्षेत्र) चन्द्रकला भट्टराई न्यौपाने, देवकला अधिकारी (गोरुसिङ्गे- इमिलिया क्षेत्र) मनिषा पौडेल बेल्बासे ,पिताम्बर पाण्डे (चन्द्रौटा र त्यहाँदेखि पश्चिम क्षेत्र) रहेका छन् ।

उक्त भेलाले चोपलाल पौडेल ,टोपबहादुर जिसि ,श्यामसुन्दर बेल्बासे, झबिन्द्र घिमिरे, राजकुमार गुप्तालाई सल्लाहकारमा चयन गरेको हो । कार्यक्रम ज्योति पौडेलको सहजीकरण र भिम पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०८० बुधबार ००:००  १० : ०७ बजे