१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तु बाणगंगामा रहेको एक सामुदायिक वनमा मानव कंकाल भेटियो



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा रहेको बागेश्वरी सामुदायियक वनमा मानव कंकाल फेला परेको छ । नगरपालिकाको वडा नं. ६ का स्थानीयहरु च्याउ खोज्न जादाँ मानव कंकाल देखेका हुन् ।

महिलाले लगाउने चप्पल नजिक रहेको र मानव अस्तिपन्जर टाउको, ढाड लगायतका अस्थिपञ्चरसहितको कंकाल भेटिएको प्रत्यक्षदर्शी मनकला विकले जानकारी दिइन् ।

सो क्षेत्रमा बाणगंगा नदीमा बाढी आएका कारण प्रहरी पुग्न सकेको छैन् । यस बारेमा प्रहरीलाई जानकारी भैसकेको र पानीको बहाव घट्ने वित्तिकै प्रहरी पुग्ने इलाका प्रहरी कार्यालय कोपवाका प्रहरी नायव निरिक्षक प्रविन कार्कीले जनाएका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०८० बिहिबार ००:००  ३ : १२ बजे