१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दाङमा महिला कैदीलाई नयाँ भवन



दाङ ।
दाङको तुलसीपुर कारागारमा महिला कैदीलाई नयाँ भवनमा सारिएको छ ।

यसअघि पुरानो भवनमा रहेका कैैदीलाई आज नयाँ भवनमा सारिएको हो । यसअघि तीन वटा कोठामा ४९ जना महिला कैदीबन्दी र तीन जना आश्रित बालबालिकाका थिए । जसले गर्दा कैदी महिलालाई समस्या हुँदै आएको थियो ।

लुम्बिनी प्रदेश सरकारको ३ करोड ८८ लाख लागतमा निर्माण भएको नयाँ भवनमामा १८ वटा कोठा छन् । जसमा ८५ जना कैदीबन्दीलाई राख्न सकिने कारागारका जेलर चिन्तामणी रेग्मीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ८ भाद्र २०८० शुक्रबार ००:००  ८ : ३९ बजे