१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

घनश्याम भुसालले भने–ओलीको उदयसँगै राजनीतिमा घृणा सुरु भयो



काठमाडौँ ।
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक उदयसँगै राजनीतिमा घृणा सुरु भएको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिमा ओलीको उदयसँगै निन्दा, खुट्टा तानाताने, भर्त्सना र गालीको परम्परा र संस्कृति हाबी हुँदै गएको उल्लेख गरे ।

महासचिव भुसालले नयाँ पार्टीहरुप्रति लक्षित गर्दै अहिले ओली भन्दा पनि १० हातमाथि गएर निन्दा भर्त्सनामा उत्रिनेहरू आएको उल्लेख गरे । उनले ओलीका कारण नेपालको शिक्षामा हुनुपर्ने उल्लेख्य प्रगति हुन नसकेको आरोप लगाए । उनले अध्यक्ष ओलीका कारण बाम आन्दोलनको सबै सम्भावना टुटेको उल्लेख गरे ।

महासचिव भुसालले राजनीतिमा अहिले घृणित संस्कृति भइरहेको बताए । उनले गठबन्धनमा कांग्रेससँगै आफूहरु रहेपनि कांग्रेस आफूहरुको सिद्धान्त नभएको र गठबन्धन आफूहरुको भाग्य भविष्य नभएको बताए ।

प्रकाशित मिति : ८ भाद्र २०८० शुक्रबार ००:००  ७ : १४ बजे