१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रास्वपाले बाणगंगाले बढाएको करमा विरोध जनायो



कपिलवस्तु ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाणगंगा समितिले बाणगंगा नगरपालिकाले बढाएको करको विरोध जनाएको छ ।

नगरबासीलाई दिने सेवा सुविधामा ध्यान नदिने तर करमा मात्र वृद्धि गरेको भन्दै रास्वपाले विरोध जनाएको हो ।

नगरपालिकाले एकीकृत सम्पती कर दोब्बर बनाएको छ । उक्त कदमको विरोधमा रास्वपाले नगरलाई ध्यानाकर्षण गराउँदै आएपनि कुनै सुनुवाई नभएको रास्वपाका नेता बुद्धिसागर बेल्वासेले बताए ।

नगर प्रमुख समक्ष ज्ञापनपत्र बुझाउँदासमेत कुनै सुनुवाई नभएको भन्दै रास्वपाले व्यङ्ख्यात्मक विरोध जनाएको छ । उक्त पार्टीले नगर प्रमुख कक्षमा पत्रकारलाई बोलाएर आफ्नो ज्ञापनपत्रबारे जानकारी गराएको छ ।

यस अगाडी बुझाएको ज्ञापन पत्रको सुनुवाई नै नभएको भन्दै पत्रकार महासंघका कोषाध्यक्ष मोहन बेल्वासे मार्फत सिंगो संचार क्षेत्रबाट समेत सुसूचित गर्न, जन दबाब सृजना गर्न र दवाफदेही बनाउन प्रेस विज्ञप्ती जारी गरिएको नगर सभापति समेत रहेका बेल्वासेले बताए ।

प्रकाशित मिति : ८ भाद्र २०८० शुक्रबार ००:००  ७ : ४५ बजे