८ श्रावण २०८१, मंगलबार | Wed Jul 24 2024

बाँकेमा डुबेर दुई जनाको ज्यान गयो



काठमाडौँ ।
बाँकेमा छुट्टा छुट्टै घटनामा डुबेर दुई जनाको ज्यान गएको छ ।

बाँकेको जानकी गाउँपालिका–४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनिया नालामा डुबेर ज्यान गएको जिल्ला प्रहरी बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौर बताउनुभयो ।

साथीसँग खोलामा नुहाउन गएका बेला बर्मा नालामा बेपत्ता हुनुभएको थियो । बेपत्ता बर्माको शव प्रहरीको टोलीले निकालेको थियो ।

त्यस्तै पोखरीमा पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–१ कौशिला नगरका १७ वर्षीय सुरेश सार्कीको डुबेर ज्यान गएको छ ।

बैजनाथ गाउँपालिका–३ एलबीचोकको महेन्द्र तालमा नुहाउन गएका सार्कीको पनि डुबेर ज्यान गएको प्रहरी उपरीक्षक राठौरले बताउनुभयो ।

प्रकाशित मिति : १० भाद्र २०८० आइतबार ००:००  ६ : ५९ बजे