१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अगाडि रातो, पछाडि नम्बर राखेर कपिलवस्तुमा चिनी तस्करी



कपिलवस्तु ।
कपिलवस्तुमा तस्करीका लागि अनौठो तरिका अपनाइएको पाइएको छ । भारतबाट अबैधरुपमा भित्र्याइएको चिनी अर्घाखाँची लैजाने क्रममा एउटै गाडीको दुई वटा नम्बर प्लेट राखेर तस्करी गरेको पाइएको हो। तौलिहवा– गोरुसिंगे सडक अन्तर्गत बुद्धभूमि नगरपालिका वडा नम्बर रामघाट पुल नजिकै प्रहरीले ६४ बोरो चिनी बोकेको मिनी ट्रक पक्राउ गर्दा यस्तो तथ्य बाहिर आएको जिल्ला प्रहरी कार्यालयकी प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले बताईन।

प्रहरी टोलीले शंका लागि चेकजाँच गर्नेक्रममा अगाडी रातो नम्बर प्लेटको लु १ क ५४५२ र पछाडी कालो नम्बर प्लेटको लु २ ख ५४८६ नम्बरको मिनी ट्रकमा ६४ बारो चिनीसहित पक्राउ गरिएको बोहोराले बताइन्। गोप्य सूचनाका आधारमा तस्करी गरी भित्राइएको चिनी र गाडी बरामद भएको उनले बताइन् ।

तस्करहरुले एउटै गाडीको दुई वटा नम्बर प्लेट राखी यस्तो अबैध कारोवार गरको यो पहिलो घटना हो। मिनी ट्रकका चालक समेत प्रहरी नियन्त्रणमा छन्। भारतबाट भन्सार छली चोरी गरी ल्याएको अबैध ६४ बोरा चिनी र मिनी ट्रकसहित नियन्त्रणमा लिई अनुसन्धान कार्य पुरा गरी सुठौली भन्सार कार्यालय पठाइएको प्रहरी निरीक्षक बाहोराले बताइन्।

उता भदौ ५ गते पनि कपिलवस्तुका बिभिन्न ३ स्थानमा २ लाख ३० हजार बढीका सामग्री बरामद भएको थियो। कादोहवामा पुरुष र बच्चाले प्रयोग गर्ने २ लाख १० हजार मूल्यका चप्पल र जुत्ता मर्यादपुरमा कोदोहवामा जुत्ता, मैदा चिनी लगायतका सामग्री ११ हजार तथा चाकलचौडा नाकाबाट चिनी र मैदा गरी ९ हजारको बरामद गरिएको सामग्री समेत भन्सार चलान गरिएको थियो।

भारतबाट अबैधरुपमा माल भित्राई गोदाममा संकलन गनेए अनि जिल्ला र जिल्ला बाहिर निकासी गर्ने तस्करहरुको संख्या धेरै रहेको व्यापारी श्रोतको भनाई छ। कपिलवस्तुका बजारमा रहेको चिनी लगायतका किराना सामानहरु अधिकांश तस्करहरुले भित्राएका मालहरु नै बिक्री हुने गरको श्रोतको भनाई छ।

भारतबाट किराना, चामल, कास्मेटिक सामान, प्याज खसी बोका, राँगा, कालो सिसौ लगायतका सामान र नेपालबाट सस्तो खाले रक्सी टमाट लगायतका बिभिन्न सामग्रीहरु भारतमा अबैधरुपमा लौजने गरिएको छ । ९३ किलो मिटर क्षेत्रको खुला सिमाका कारण जिल्लाका समेत तस्करहरुलाई कारोवार गर्न सजिलो रहेको कारोवारीहरु बताउँछन्।

प्रकाशित मिति : १० भाद्र २०८० आइतबार ००:००  ७ : १३ बजे