४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

जसपामा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था लागू



काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा) नेपालमा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था कडाइका साथ लागू गरिने भएको छ ।

हाल पार्टीले सञ्चालन गरेको तीन महिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानको मुख्य कार्य पार्टीलाई वैचारिक र राजनीतिकरूपले सक्षम बनाउनु रहेको थियो । साथै पार्टीगत समितिलाई विधानले व्यवस्था गरे बमोजिमको पदाधिकारी र सदस्य सङ्ख्यामा सीमित गरी गठन, पुनर्गठन र रूपान्तरण गर्नु रहेको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार जसपाले पार्टीको अधिकार पार्टी सदस्यमा निहीत रहने व्यवस्था गरेको छ ।

सोअनुसार पार्टीका प्रादेशीक संरचनाले पनि आफ्नो क्षेत्राधिकारभित्रका काम आफैं गर्नसक्ने भएकाले एक व्यक्ति, एक पद र एक समितिमा रहेरै काम गर्नुपर्ने व्यवस्था गरिएको हो ।

प्रकाशित मिति : १४ भाद्र २०८० बिहिबार ००:००  ४ : १० बजे