१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

हृदय स्वस्थ राख्नका लागि आवश्यक यी जुस



एजेन्सी ।
शरीरमा अक्सिजन प्राप्तिको लागि हृदय स्वस्थ हुन जरुरी छ । पछिल्लो समय देखिएको खराब जीवनयापनका कारण हृदय रोगको समस्या बढ्दै गएको देख्न सकिन्छ । जानौं केही घरेलु जुसहरु जसले हृदयलाई स्वस्थ राख्न मद्दत गर्दछ :

हर्बल ग्रीन टी : हर्बल ग्रीन टी हृदयको लागि फाइदाजनक हुन्छ । यसमा हुने गुण र कम्पाउण्डले हृदयलाई स्वस्थ राख्न मद्दत गर्दछ । हर्बल तुलसी वा दालचिनीको चिया पनि उत्तिकै फाइदाजनक मानिन्छ ।

कागतीको जुस : कागतीको जुस पनि हृदयका लागि उपयुक्त मानिन्छ । यसमा भिटामिन सी र क्याल्सियम हुने गर्दछ, जसले हृदयको समस्यालाई सुधार गर्न मद्दत गर्दछ ।

घरेलु लौकाको सुप : लौकाको सुप र जुसलाई आफ्नो भोजनमा समावेश गर्न सकिन्छ । यसको सेवन हृदयका लागि फाइदाजनक मानिन्छ । यसमा हुने पोषण तत्वले हृदयलाई स्वस्थ र राम्रो बनाउँदछ ।

खजुर र नरिवल पानी : खजुर र नरिवल पानीको सेवन गर्नु पनि हृदयका लागि फाइदाजनक मानिन्छ । यसले शरीरमा उर्जा प्रदान गर्दै हृदयसँग जोडिएका समस्या सुधार गर्न राम्रो भूमिका निर्वाह गर्दछ ।

प्रकाशित मिति : ७ आश्विन २०८० आइतबार ००:००  १२ : ५० बजे