१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाको विजयी शुरुवात



काठमाडौं ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले श्रीलंकालाई एक सय २ रनले हराउँदै विजयी शुरुवात गरेको छ । जितका लागि ४ सय २९ रनको लक्ष्य पछ्याएको श्रीलंका ४४ ओभर ५ बलमा ३ सय २६ रनमा अलआउट भयो ।

श्रीलंकाका चरिथ असलंकाले सर्वाधिक ७९ रन बनाए पनि जितका लागि पर्याप्त भएन । दक्षिण अफ्रिकाका जेराल्ड कोट्जीले ३ विकेट लिए । कागिसो रबाडा र केशव महाराजले समान २/२ विकेट लिए ।

त्यसअघि दिल्लीमा टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४ सय २८ रन बनाएको थियो । यो विश्वकप इतिहासकै उच्च योगफल हो । दक्षिण अफ्रिकाका क्विन्टन डि कक, रास्सी भान डर डुसेन र एडेन माक्ररमले शतकीय पारी खेले । विश्वकप इतिहासमा पहिलो पटक एकै खेलमा तीन शतक प्रहार भएका छन् ।

त्यस्तै हिजो भएको अर्को खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो । विश्वकप क्रिकेटमा आज घरेलु टोली भारत र अष्ट्रेलिया खेल्दैछन् । यो खेल चेन्नईमा नेपाली समय अनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ ।

प्रकाशित मिति : २१ आश्विन २०८० आइतबार ००:००  ७ : ०७ बजे