११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

विश्वकप छनोटमा अर्जेन्टिनाको तेस्रो जित



काठमाडौं ।
फिफा विश्वकप २०२६ को छनोटमा अर्जेन्टिनाले लगातार तेस्रो जित हात पारेको छ ।

दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले पाराग्वेलाई १-० ले पराजित गरेको हो ।

अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डीले खेलको तेस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । त्यही अग्रता कायम राख्दै अर्जेन्टिनाले खेल जित्यो र ३ अंक जोड्न सफल भयो ।

लगातार तेस्रो जितपछि अर्जेन्टिना ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ ।

ब्राजिलको २ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । ब्राजिलले अहिले भेनेजुएलासँग खेलिरहेको छ ।

छनोटकै अन्य खेलमा चिलीले पेरुलाई २(० ले, इक्वेडरले बोलिभियालाई २(१ ले हराउँदा कोल्मबिया र उरुग्वेले २(२ को बराबरी खेलेको छ ।

कोलम्बिया ३ खेलबाट ५ अंकसहित तेस्रो स्थानमा छ भने उरुग्वे र चिलीको समान ४ अंक छ र चौथो र पाँचौ स्थानमा छ ।

प्रकाशित मिति : २६ आश्विन २०८० शुक्रबार ००:००  ८ : २१ बजे