१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नर्वेलाई हराउँदै स्पेन युरो २०२४ मा छनोट



ओस्लो ।
नर्वेलाई हराउँदै स्पेनले सन् २०२४ को युरोपियन च्याम्पियनसिपमा आफ्नो स्थान पक्का गरेको छ । योसँगै समूह एबाट स्कटल्याण्ड पनि प्रतियोगितामा छनोट बनेको हो ।

बार्सिलोनाका फरवार्ड गाभीले दोस्रो हाफको सुरुवातमा गरेको एक मात्र गोल निर्णायक बन्यो । २५ खेलमा १९ वर्षीय खेलाडीको यो देशका लागि पाँचौँ गोल थियो । सन् २००८ र २०१२ को युरोपियन च्याम्पियन टोलीले दुई खेल बाँकी छँदै प्रतियोगितामा स्थान बनाउन सफल रह्यो ।

अर्लिङ हालान्डको नर्वेले अब प्लेअफबाट मात्र प्रतियोगितामा स्थान बनाउने मौका पाउनेछ । नर्वे पछिल्लोपटक सन् २००० को युरोमा सहभागी भएको थियो । यसका लागि पनि नर्वे समूहको तेस्रो स्थानमा रहनुपर्नेछ भने समूह जीबाट सर्बिया छनोट हुनुपर्नेछ ।

प्रकाशित मिति : २९ आश्विन २०८० सोमबार ००:००  ७ : ०७ बजे