१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ब्लड क्यान्सरबाट ग्रसित पत्रकार केसीको उपचारका लागि सहयोग आह्वान



कपिलवस्तु ।
ब्लड क्यान्सर पीडित कपिलवस्तुका पत्रकार दीपक केसीलाई उपचारमा रकम अभाव भएको छ ।

शिवराज नगरपालिका चन्द्रौटाबाट सक्रिय पत्रकारिता गर्दै आइरहेका केसी केही समयदेखि ब्लड क्यान्सर पीडित छन् ।

क्यान्सर भएको थाहा पाएपछि उनको नेपालका बिभिन्न अस्पताल र भारतको अस्पतालमा समेत चेक जाँच भइरहेको छ । अहिले उनी भारतको राजिव गान्धी क्यान्सर अस्पतालमा उपचाररत छन् ।

मध्यम आय भएका उनलाई अहिले उपचारमा रकम अभाव छ । रकम अभाव भएपछि केसीको परिवारले आर्थिक सहयोगको लागि अपील गरेका छन् । नेपाल पत्रकार महासंघ कपिलवस्तुका सदस्यसमेत रहेका केसी रेडियो शिवराजका स्टेसन म्यानेजर छन् । उनी प्रेस सेन्टरको जिल्ला सदस्य पनि हुन् । ३५ वर्षीय केसीको श्रीमती र छोरा ‘१० बर्ष ‘ छोरी ‘२ बर्ष’ छन् ।

अस्पतालको बेडमा रहेका केसीले आफूलाई रकम अभाव भएको बताए ।

सहयोगको लागि उनको एसबीआई बैंकमा रहेको खातामा पैसा जम्मा गर्न सकिने छ ।
नामः Deepak Kunwar
खाता नम्बरः 24915241400344
शाखाः Chandrauta

प्रकाशित मिति : १० कार्तिक २०८० शुक्रबार ००:००  ८ : ५७ बजे