१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

श्रीलंकालाई ५५ रनमा अलआउट गर्दै भारत सेमिफाइनलमा



काठमाडौँ ।
आईसीसी विश्वकप २०२३ अन्तर्गत बिहीबार भएको खेलमा श्रीलंकालाई ५५ रनमै अलआउट गर्दै भारत सेमिफाइनलमा प्रवेश गरेको छ।

जितका लागि भारतले ३ सय ५८ रनको लक्ष्य पाएको श्रीलंका १९.४ ओभरमा ५५ रन बनाउँदै अल आउट भएको हो।

यो सँगै भारत दुई अगावै सेमिफाइनलमा पुगेको छ। श्रीलंकाको यो विश्वकपमा सबैभन्दा कम योगफल हो।

खेलमा श्रलंकाका बलर कसुन रजिथाले १७ बलमा २ १४ रनको योगदान गरे। श्रीलंकाका ओपनर पाथुम निसंका, दिमुथ करुणारत्ने, सदिरा समाराविक्रमा, दुशान हेमान्था र दुश्मन्था चामिरा भने शून्य रनमै आउट भए।

कुशल मेन्डिस र चरिथ असलंका १–१ रनमा आउट भने महेश थिक्सेना १२ रनमा नट आउट रहे।

भारतका मोहम्मद शामीले ५ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ५ विकेट लिए। मोहम्मद शिराजले ७ ओभरमा २ मेडनसहित १६ रन खर्चेर ३ विकेट लिए।

रविन्द्र जडेजा र जस्प्रित बुमराहले १–१ विकेट लिए।

भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ५८ रन बनाएको थियो।

प्रकाशित मिति : १६ कार्तिक २०८० बिहिबार ००:००  ९ : २६ बजे