१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भूकम्प अपडेटः ठाउँठाउँमा सडक अवरुद्ध, उद्धारमा कठिनाइ



काठमाडौं ।
जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पका कारण ठाउँठाउँमा सडक अवरुद्ध हुँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितको उद्धारमा कठिनाइ भएको छ ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले दिनुभएको जानकारी अनुसार केही ठाउँमा पहिरो गएकाले सडक अवरुद्ध भएका छन् ।

जाजरकोट–डोल्पा सडकअन्तर्गत रिम्नाको पुल भासिएको छ । पुल भासिएर सडक अवरुद्ध भएपछि घाइतेलाई अस्पताल पुर्याउन कठिनाइ भएको छ ।

अवरुद्ध सडक खुलाएर उद्धारको काम भइरहेको डीआईजी ढकालले जानकारी दिनुभयो । उद्धारमा सहयोगको लागि उहाँले स्थानीय जनप्रतिनिधि र सङ्घसंस्थासँग अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८० शनिबार ००:००  ७ : १८ बजे