१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भूकम्प अपडेटः जाजरकोटमा मात्रै ८६ जनाको ज्यान गएको पुष्टि



काठमाडौं ।
गएरातिको भूकम्पबाट जाजरकोटमा मात्रै ८६ जनाको ज्यान गएको पुष्टि भएको छ ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले दिनुभएको जानकारी अनुसार बिहान ७ बजेसम्म ८६ जनाको ज्यान गएको पुष्टि भएको छ ।

धेरै घाइते भएका र उद्धारको काम भैरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार भूकम्पका कारण सयौँ घर भत्किएका छन् ।

गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोटसहित छिमेकी जिल्ला रुकुम पश्चिममा पनि धनजनको ठूलो क्षति भएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८० शनिबार ००:००  ७ : २६ बजे