११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

९ डिग्रीमा झर्‍यो काठमाडौँ उपत्यकाको तापक्रम



काठमाडौं ।
दिनप्रतिदिन देशभर चिसो बढ्दो र तापक्रम घट्दो क्रममा छ।

यसैबीच काठमाडौँ उपत्यकाको तापक्रम ९.६ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

केही दिनदेखि १० डिग्री आसपास रहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज १० डिग्रीबाट पनि आरोलो लागेको हो।

‘यो आज बिहान साढे ६ बजेसम्मको न्यूनतम तापक्रम हो’, उनले भनिन्, ‘आजको आधिकारिक न्यूनतम तापक्रम अहिले ८ः४५ बजे सार्वजनिक हुनेछ।’

त्यतिबेला मौसम महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि सार्वजनिक गर्नेछ।

मौसमविद् नगरकोटीका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २३ देखि २५ डिग्रीसम्म हुने अनुमान छ।

आज काठमाडौँ उपत्यकामा वर्षा तथा हिमपातको सम्भावना नरहेको जानकारी पनि उनले दिइन्।

प्रकाशित मिति : २२ कार्तिक २०८० बुधबार ००:००  ८ : १४ बजे