१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

हरिहरपुरमा बृहत् निशुल्क दन्त निरिक्षण शिबिर सम्पन्न



मायादेवी अनलाइन, इमिलिया ।

मलमला डेन्टल क्लिनिकको प्राबिधिक सहयोग तथा बुद्धभुमी नगरपालिकाको समन्वयमा बुद्धभूमि ८ हरिहरपुरमा बृहत् निशुल्क दन्त निरिक्षण शिबिर सम्पन्न भएको छ । उक्त शिबिरमा बुद्धभुमी नगरपालिका वडा न. ६ र ८ का १५ सय जनाले सेवा लिएका छन् । उनीहरु सबैलाई उपहार स्वरुप दन्तमन्जन, दन्तब्रस, साबुन लगायतका सामान समेत बितरण गरिएको थियो ।

शिबिर उद्द्घाटन बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले गर्दै मुखको स्वास्थ्य अति महत्वपूर्ण हुने भएकाले समयमै उपचार र परिक्षण गर्नुपर्ने तथा गाउ घरमा यसको आवश्यकतामा बढी देखिएको बताउनु भयो । उक्त कार्यक्रममा वडा अध्यक्षहरु  एलेन्द्र प्रसाद कुर्मी, कपिलदेब तिवारी, प्रमोद आचार्यले यस्ता कार्यक्रमहरु सबै वडामा आवस्यकता रहेको बताउनुभयो ।

२ दिन सम्म सन्चालन भएको उक्त शिबिरमा ४ जना दन्त चिकित्सक सहित प्राबिधिकले त्यस क्षेत्रका बिद्यार्थी लगायत अन्य समुदायले सेवा लिएको कार्यक्रम संयोजक अनिल अधिकारीले जानकारी दिनुभयो । फ्युचर अफ होपका अध्यक्ष कवि थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सरस्वती आधारभुत बिधालयका प्रधानाद्यापक रमा खनालले स्वागत गर्नुभएको थियो । फ्युचर अफ होपको स्थापना दिवसको अवसरमा शिबिर आयोजना गरिएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०८० बिहिबार ००:००  ७ : ४७ बजे