१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

छतमै ड्रागन फ्रुट



वाणगंगा १ मन्द्रेलीटोलका दुर्गा प्रसाद न्यौपानेले घरको छतमा लगाएको ड्रागन फ्रुट । छतमा ड्रम राखी २ वटा पिलरमा लगाएको ४।४ वटा बेर्नाबाट एक सिजनमा मात्र ९ केजी सम्म ड्रागन फ्रुट तयार भएको छ । उनले त्यहीबाट १५ वटा बेर्ना समेत तयार गरी विक्री गरेका छन् । २ वटा पोलमा लगाएको बेर्नाले मात्रै ८ हजार आम्दानी दिएको छ । गर्मी याममा ४।५ महिना तयार हुने उक्त फ्रुट स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८० शनिबार ००:००  १२ : ३५ बजे