१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भारतलाई हराउँदै अस्ट्रेलियाले विश्वकप क्रिकेटको उपाधि जित्यो



काठमाडौं ।
भारतलाई हराउँदै अस्ट्रेलियाले छैटौँ पटक आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आज आइतवार भएको फाइनल खेलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले हरायो ।

भारतले दिएको २ सय ४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर भेटायो । अस्ट्रेलियाका ट्राभिस हेडले शतक बनाए । हेड १ सय २० बलमा १ सय ३७ रन बनाएर आउट भए । यस्तै, मार्नुस लाबुशेन ५८ रनमा नटआउट रहे । बलिङतर्फ भारतका जसप्रित बुमराहले २ विकेट लिए ।

यसअघि कोलकाताको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको भारत निर्धारित ५० ओभरमा २ सय १२ रनमा अलआउट भयो । उनी १ सय १६ बलमा १ सय १ रन बनाएर आउट भए । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्क र प्याट कमिन्सले समान ३ विकेट लिए । अस्ट्रेलियाले यसअघि सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो । भारत सन् १९८३ र २०११ को विजेता हो ।

प्रकाशित मिति : ४ मंसिर २०८० सोमबार ००:००  ६ : ४१ बजे