१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

जसले विश्वकप क्रिकेटको फाइनलमा शतक हाने



एजेन्सी ।
ओडीआई विश्वकप क्रिकेटको फाइनलमा भारतविरुद्ध शतक हान्ने पहिलो खेलाडी बनेका छन्, अस्ट्रेलियाका ट्रेभिस हेड ।

उनकै शतकको मद्दतमा अस्ट्रेलियाले उपाधि जितेको छ । भारतको अहमदावादस्थित नरेन्द्र मोदी मैदानमा घरेलु टिम भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले छैटौँपटक उपाधि जितेको हो । अस्ट्रेलियाले ४ विकेटको क्षतिमा ४३ ओभरमा २४१ रनको लक्ष्य पूरा गर्‍यो ।

यसअघि विश्वकपको उपाधि भिडन्तमा सेञ्चुरी पूरा गर्ने खेलाडीको सूची यस्तो छः

१. सन् १९७५ को विश्वकप फाइनलमा वेस्ट इन्डिजका कप्तान क्लाइभ लोयडले अस्ट्रेलियाविरुद्ध ८५ बलमा १ सय २ रन बनाएका थिए । उक्त म्याच लोर्ड्समा खेलाइएको थियो ।

२. सन् १९७९ मा भएको विश्वकप फाइनलमा वेस्ट इन्डिजकै विवियन रिचर्ड्सले इंग्ल्याण्डविरुद्ध १ सय ३८ रन बनाएका थिए । उक्त म्याच पनि लोर्ड्समै खेलाइएको थियो ।

३. सन् १९९६, लाहोरमा भएको फाइनलमा श्रीलंकाका अरबिन्द डी सिल्भाले अस्ट्रेलियाविरुद्ध १ सय ७६ रन बनाएका थिए ।

४. सन् २००३, लोहानिसबर्गमा भएको उपाधि भिडन्तमा अस्ट्रेलियाका कप्तान रिकी पोटिङले भारतविरुद्ध १ सय ४० रन बनाएका थिए ।

५. सन् २००७ मा ब्रिजटाउनमा भएको फाइनलमा अस्ट्रेलियाली खेलाडी एडम गिलक्रिस्टले श्रीलंकाविरुद्ध १ सय ४९ रन जोडेका थिए ।

५. सन् २०११ मा वानखेडेमा भएको फाइनलमा श्रीलंकाका खेलाडी महेला जयबर्धनेले भारतविरुद्ध शतक ९१ सय ३० रन बनाएका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०८० सोमबार ००:००  ६ : ५१ बजे