१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा



काठमाडौं ।
भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा आज सोमवार सुनुवाइ नहुने भएको छ ।

न्यायाधीश कुमार चुँडालको एकल इजलासमा आज यो मुद्दाको पेसी तोकिएको भए पनि हेर्न नभ्याइने सूचीमा परेपछि सुनुवाइ नहुने भएको हो । न्यायाधीश चुँडालसहितको अर्को संयुक्त इजलास बसेपछि एकल इजलास नबस्ने हुँदा सुनुवाइ हुन नसकेको भएको हो ।

यस विषयमा सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १० जनाले छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको थियो । सरकारले सामाजिक सद्भावमा खलल पुगेको उल्लेख गर्दै गएको कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०८० सोमबार ००:००  ४ : ३८ बजे