१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सरोकारवालासँग प्रधानमन्त्रीले भने– अर्थतन्त्र अझै दबाबमुक्त छैन



काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र अझै दबाबमुक्त नरहेको दाबी गरेका छन् ।

मंंगलबार सिंहदरबारमा राजनीतिक दल, निजी क्षेत्र र सरोकारवाला निकायहरुसँग वर्तमान अर्थतन्त्रका समस्या समाधानबारेको छलफलमा बोल्दै उनले अर्थतन्त्रका कयौँ सूचकहरु सकारात्मक रहे पनि अर्थतन्त्र दबाबमुक्त नरहेको बताए । अर्थतन्त्रका समस्याको समाधानका लागि अझै गहन विमर्श हुन जरुरी रहेको उनले बताए ।

“गत सालबाट यहाँसम्म आउँदा अर्थतन्त्रका कयौँ इन्डिकेटरहरु सकारात्मक देखिएका छन् । तर, अर्थतन्त्र दबाबमुक्त भयो भन्ने ठाउँमा अझै पुगेको छैन,” उनले भने, “त्यसकारण यसलाई हामीले गम्भीर विमर्शसहित समुचित निस्कर्षमा पुग्नुपर्ने आवश्यकता छ ।”

प्रधानमन्त्रीले सहकारी, लघुवित्त, बैंक ब्याज, व्यवसायीको कर्जासम्बन्धी समस्या विगतमा विभिन्न कारणले पैदा भए पनि एकथरिले यो समस्या देखाएर राजनीतिक फाइदा उठाउने प्रयास गरिरहेको बताए । उनले समाजमा अविश्वास र अराजकता फैल्याउने प्रयास भइरहेको बताए ।

प्रकाशित मिति : ५ मंसिर २०८० मंगलबार ००:००  ४ : ५५ बजे