१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राष्ट्रपति, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्रीनिवास, संसद् भवन र सिंहदरबार क्षेत्रमा पनि निषेधाज्ञा



काठमाडौं ।
राष्ट्रपति, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्रीनिवास, संसद् भवन र सिंहदरबार क्षेत्रमा पनि निषेधाज्ञा लागू भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले राष्ट्रपति भवन शीतलनिवास र प्रधानमन्त्रीनिवास बालुवाटार क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा जारी गरेको हो ।

काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले निकालेको सूचनामा राष्ट्रपति भवन शीतलनिवास, प्रधानमन्त्रीनिवास, उपराष्ट्रपति भवन हरित गृह, बानेश्वरमा रहेको संसद् भवन र सिंहदरबार क्षेत्र हिजोदेखि ३० दिनका लागि निषेधित क्षेत्र तोकिएको उल्लेख छ ।

काठमाण्डौ जिल्ला प्रशासनले अस्ति सोमवार नै माइतीघर, नयाँबानेश्वर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिसकेको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि हिजो एक सूचना निकालेर पुल्चोकमा रहेको मन्त्रीनिवास क्षेत्रलाई ६ महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।

भोलि नेकपा एमाले निकट युवा संघ र व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा काठमाण्डौमा प्रदर्शनको आह्वान भएकाले विभिन्न ठाउँलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

प्रकाशित मिति : ६ मंसिर २०८० बुधबार ००:००  ७ : २२ बजे