१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाजा बालबालिकाका लागि विश्वकै ‘सबैभन्दा खतरनाक क्षेत्र’ : युनिसेफ



एजेन्सी ।
संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकाय (युनिसेफ) ले गाजा बालबालिकाका लागि विश्वकै ‘सबैभन्दा खतरनाक क्षेत्र’ रहेको जनाएको छ ।

युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले इजरायली सेनाबाट घेरिएको गाजा पट्टी बालबालिका तथा बच्चा जन्माउनका लागि विश्वकै खतरनाक क्षेत्रका रुपमा रहेको बताउनुभएको हो ।

निर्देशक रसेलका अनुसार अक्टोबर ७ तारिखमा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजामा पाँच हजार तीन सय जनाभन्दा धेरै बालबालिकाको ज्यान गएको छ । यो तथ्याङ्क अकल्पनीय र हृदयविदारक रहेको उहाँको भनाइ छ ।

इजरायली अधिकारीका अनुसार हमासले नवजात शिशुदेखि वृद्धवृद्धासम्मका २ सय ४० जनालाई बन्धक बनाएको छ । इजरायल र हमासले गाजामा युद्ध रोक्न र बन्धकलाई मुक्त गर्न हिजो एक महत्त्वपूर्ण सम्झौता समेत भएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८० बिहिबार ००:००  ८ : ४० बजे