१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गुलरियामा आगलागीमा परि चार जनाको ज्यान गयो, एक जना घाइते



बर्दिया ।
बर्दियाको गुलरिया नगरपालिका-४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा चार जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

आगलागीमा परि दुई वर्षका कार्तिक चन्द, ८ वर्षका कृष चन्द, १० वर्षकी मानषी बुढा र ३५ वर्षकी राधा बुढाको ज्यान गएको हो ।

घाइते २८ वर्षकी करिष्मा चन्दलाई उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।

घरमा के कारणले आगलागी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको अर्यालले बताउनुभयो ।

प्रकाशित मिति : ९ मंसिर २०८० शनिबार ००:००  ६ : ५८ बजे