१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बाणगंगा यातायात व्यवसायी समितिको अध्यक्षमा लक्ष्मण भुसाल सर्वसम्मत



कपिलवस्तु ।

बाणगंगा यातायात व्यवसायी समितिको अध्यक्षमा लक्ष्मण भुसाल सर्वसम्मत चयन भएका छन् । बाणगंगा १ बैरियामा शुक्रबार सम्पन्न भएको समितिको १७ औं वार्षिक साधारण सभा तथा ९ औं अधिवेशनले भुसालको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो । यस अघि भुसाल महासचिव पदमा हुनुहुन्थ्यो ।

३ वर्षका लागि चयन भएको नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा यदा क्षेत्री (राजकुमार), उपाध्यक्षमा क्रमश चित्र बहादुर थापा, कृष्ण बहादुर कार्की, प्रदीप बिसी, महासचिवमा कमल बहादुर क्षेत्री, सचिवमा केशवराज भट्टराई र कोषाध्यक्षमा तोरन बहादुर थापा सर्वसम्मत चयन भएका हुन् ।

यस्तै समितिको सदस्यमा राजु बस्नेत, कृष्णप्रसाद चालिसे, बेदराज अधिकारी, दिपकुमार थापा, मधु खनाल, कमल खनाल र दीपकचन्द्र बेलबासे चयन भएका बताइएको छ । समितिको लेखा संयोजकमा नेत्र प्रसाद पौडेल चयन भएका छन् । समितिको मनोनीत सदस्यमा अशोक वाग्ले, मीन बहादुर केसी र खिमलाल खनाल रहनु भएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८० शनिबार ००:००  ८ : ०८ बजे