१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अस्थायी युद्धविराम सकिएसँगै इजरायल र हमासबीच फेरि युद्ध चर्कियो



काठमाडौं ।
अस्थायी युद्धविराम सकिएसँगै इजरायल र हमासबीच फेरि युद्ध चर्किएको छ । पछिल्लो दुई दिनमा इजरायलको गाजापट्टीमा गरेको आक्रमणमा परेर प्यालेस्टाइनका २ सय जना नागरिकको ज्यान गएको र ६ सय ५० जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्यालेस्टाइनको विद्रोही समूह हमासले पनि इजरायलतर्फ आक्रमण बढाएको छ । हिजो कयौँ रकेटमार्फत हमासले आक्रमण गरेको खबरमा उल्लेख छ । इजरायलले अझै एक सय ३७ जना हमास समूहको बन्धकमा रहेको जनाएको छ । जसमा एक सय १५ जना वयस्क पुरुष र २० जना महिलासहित दुई जना बालबालिका रहेका इजरायलको भनाइ छ ।

यसैबीच, लेबनानको सीमा क्षेत्रमा इजरायल र इरान समर्थित हिजबुल्ला समूहबीच आक्रमण बढेको छ । हिजबुल्ला समूहले इजरायलतर्फ रकेट प्रहार गरेको छ । इजरायल र हमासबीच भइरहेको युद्धमा इरानले इजरायल विरुद्ध प्रतिक्रिया दिँदै आएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८० आइतबार ००:००  १० : ५१ बजे