१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आजको मौसमः पश्चिमी क्षेत्रका एक दुई ठाउँमा हल्का वर्षा



काठमाडौं ।
पश्चिमी क्षेत्रका एक दुई ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गंगा नगरकोटीका अनुसार पश्चिमी वायुको प्रभावका कारण पश्चिमी क्षेत्रका एक दुई ठाउँमा हल्का वर्षा भइरहेको हो । मधेश र कोशी प्रदेशको तराई क्षेत्रबाहेक अन्य ठाउँमा बिहानैदेखि बादल लागेको छ ।

आज धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ । यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रमा आज पनि हल्का हिमपात हुने मौसमविद्ले बताएका छन् । आज काठमाण्डौको न्यूनतम तापक्रम ७ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो न्युनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस थियो ।

प्रकाशित मिति : १८ मंसिर २०८० सोमबार ००:००  ७ : ४४ बजे