१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तुका एकसहित रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको ज्यान गएको पुष्टि



काठमाडौं ।
रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको ज्यान गएको पुष्टि भएको छ । परराष्ट्र मन्त्रालयले सोमवार एक विज्ञप्ति निकालेर रुसी सेनामा कार्यरत ६ जना नेपालीको ज्यान गएको पुष्टि गरेको हो ।

ज्यान गुमाउनेहरूमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तुको वाणगङ्गा नगरपालिका–१ का रूपक कार्की, पोखराका देवान राई, स्याङ्जाको पुतलीबजार नगरपालिका–५ का पितम कार्की, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार रोका र इलामका गङ्गाराज मोक्तान रहेका छन् ।

नेपाल सरकारले ज्यान गुमाएकाहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रुसी सरकारलाई आग्रह गरेको छ । सरकारले नेपालीलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपालीलाई भर्ना गरेको भए तत्काल नेपाल फर्काउन रुसी सरकारलाई आग्रह गरेको छ ।

रुसी सेनामा भर्ना भई अहिले युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली विवेक खत्रीलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा कुटनीतिक पहल भइरहेको पनि मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १९ मंसिर २०८० मंगलबार ००:००  ७ : ३४ बजे