१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भोलिबाट १४ औं कपिलवस्तु महोत्सव, उद्घाटन कांग्रेस नेता भण्डारीबाट



मायादेवी अनलाइन, बाणगंगा ।
भोलि बिहीबार २१ गते देखि सुरु भएर पुष १ गतेसम्म आयोजना हुने १४ औं कपिलवस्तु महोत्सव ऐतिहासिक, सभ्य र भव्य हुने बाणगंगा वेयलफेयर सोसाइटीका अध्यक्ष एवम् महोत्सव मूल समारोह समितिका संयोजक राजकुमार खाँणले बताएका छन् ।

७ औं कपिलवस्तु महोत्सव, ९ औं, ११ औं गरी तीन वटा महोत्सवको सफल नेतृत्व गरेका खाँणले चौथो पटक चौधौ संस्करणको १४ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८० को नेतृत्व गरेका छन् । महोत्सव तयारी अन्तिम चरणमा रहेको र महोत्सवको बिहीबार दिउँसो १ः०० बजे एक विशेष कार्यक्रमका बीच माननीय चन्द्र भण्डारीले गर्ने खाँणले बताए ।

कपिलवस्तु जिल्लालाई विशिष्ट पहिचान दिलाउन सफल र वि.सं. २०६५ बाट शुभारम्भ भएको कपिलवस्तु महोत्सवले १५ वर्ष पूरा गरेको छ । युवा स्वरोजगारको बलियो आधार उद्योग पर्यटन र कृर्षि क्षेत्रको प्रचार – प्रसार प्रर्वद्धनमा प्रोत्साहन” भन्ने मूल नाराका साथ सुरु हुने १४ औं कपिलवस्तु महोत्सवलाई कपिलवस्तु जिल्लाको विशेष चाडको रुपमा हेरिएको महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा (दिनेश) ले बताए ।

तीन वटा बुद्धसँग नाम जोडिएको कपिलवस्तुमा आयोजना हुने मेला महोत्सवहरुले जिल्लाको विकासका साथै कपिलवस्तुको दरिलो पहिचान बनाएका छन् । मंसिर २१ बाट सुरु हुने महोत्सव पुष १ गतेसम्म चल्ने र महोत्सवमा करिब ५ करोड कारोबार हुने र ढाइ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने आर्थिक तथा लेखा संयोजक मोहन पाण्डेले बताए ।

विगतका महोत्सवको अनूभवबाट शिथिल बनेको यस क्षेत्रको अर्थतन्त्र चलायमान हुने भएकाले पनि विगतका महोत्सवमा भन्दा आर्थिक कारोबार बढी हुने आयोजकले अपेक्षा गरेका छन् । महोत्सवबाट सकंलन भएको बचत रकमबाट सामाजिक कार्यमा खर्च गरिने आयोजकले बताएका छन् ।

१४ औं कपिलवस्तु महोत्सव कपिलवस्तु वासीको पर्वका साथै जिल्लाको चिनारी पनि भएकोले महोत्सवको अवलोकन गरी सल्लाह र सुझाव दिन संघका पूर्व अध्यक्ष एवम् अनुगमन तथा मूल्याङ्कन समिति संयोजक पदम सेनले विशेष आग्रह गरेका छन् ।

जिल्लामा हालसम्म भएका महोत्सवहरुमा जिल्लाबासी एक जुट भएर लागेको इतिहास बाणगंगाबासीले बनाएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०८० बुधबार ००:००  ३ : १२ बजे