१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आज सोमबार बुद्ध रंगशालामा चर्चित गायक सेञ्चुरीले माहोल तताउँदै



बुद्धरंगशाला ।

बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा मंसिर २१ गतदेखि सुरु भएको १४ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीले बुद्धरंगशालाको माहोल रंगिदै गएको छ । 

आगामी पुष १ गतेसम्म सञ्चालन हुने महोत्सवको आज पाँचौ दिन सोमबार चर्चित गायक खेम सेञ्चुरी, बालचन्द्र बराल, कोपिला न्यौपाने लगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहने महोत्सव सचिवालयले जनाएको छ । महोत्सवमा सेञ्चुरीसँगै स्थानीय कलाकार र १२ औं कपिलवस्तु डान्स आइडलको प्रस्तुती रहने छ । आज महोत्सवमा बाल कलाकार सुप्रिम मल्ल आउने भनिएता पनि विशेष कारणवस मल्लको प्रस्तुती नरहने भएको छ ।

आइतबार महोत्सवको चौथो दिन चर्चित गायिका अस्मिता अधिकारी लगायतका कलाकारको बेजोड प्रस्तुति रहेसँगै बुद्धरंगशालाको माहोल तातेको थियो । आईतबार अधिकारीसंगै चर्चित लोक दोहोरी गायक श्याम राना, हास्य तथा लोकदोहोरी गायक उज्वल गिरी, वर्षा थापा लगायत स्थानिय कलाकारहरुसँगै दर्शकहरु झुमेका थिए ।

महोत्सवलाई भव्य र सव्य रुपमा सम्पन्न गर्न उद्घाटन पछिका दिनहरुमा प्रत्येक दिन कपिलवस्तु जिल्लाको सामाजिक तथा राजनीतिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तित्वहरुलाई महोत्सवमा प्रमुख अतिथि बनाइएको महोत्सवका संयोजक राजकुमार खाँणले जानकारी दिए । खाँणले सोही कार्यलाई निरन्तरता दिँदै आज सोमबार जिल्लाको सामाजिक तथा राजनीतिक क्षेत्रमा योगदान गरेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)  का नेता कपिलवस्तु जिल्ला अध्यक्ष डम्बर शर्मा प्रमुख अतिथिको रुपमा आउने जानकारी दिए ।

यसैबीच १४ औँ कपिलवस्तु महोत्सवको चौथो दिन अर्थात आईतबार ४ हजार बढी दर्शकहरुले अवलोकन गरेको महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा दिनेशले जानकारी दिए ।   रोकाहाले आइतबार ४ हजार बढीले मेला अवलोकन गरेको करिब ७ लाखको आर्थिक कारोबार भएको जानकारी दिए । उनले हरेक दिन दर्शकको उत्साहजनक उपस्थिति देखिएको भन्दै खुशी व्यक्त गरे ।

स्तै आईतबार आज १२ औं कपिलवस्तु डान्स आईडलमा २ जना बाहिरिएका छन् । १३ जना प्रतिस्पर्धी मध्ये अल्का नेपाली र अन्जु परियार बाहिरिएका डान्स आईडल संयोजक खड्क बहादुर क्षेत्रीले जानकारी दिए ।

१२ औं कपिलवस्तु डान्स आइडलको उपाधि हात पार्नेले १ लाख २१ हजार १ सय २१ रुपैयाँसहित चाँदीको टोपी, द्वितीय हुनेलाई ७७ हजार ७ सय ७७, तृतीयलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सान्तवनालाई समेत पुरस्कारको व्यवस्था गरिएको क्षेीले बताए ।

डान्स आइडलको प्रमुख निर्णायक हरिशरण रिजालले १२ औं कपिलवस्तु डान्स आइडल सुनौलो अवसर भएको र राम्रो कलाकार, र राम्रो डान्सर बन्ने अवसर कपिलवस्तुमै आएको बताए । रिजालले डान्स आइडलबाट कलाकारिता क्षेत्रको नयाँ बाटो खुल्ने र प्रतिसपर्धीलाई म्युजिक भिडियोदेखि लिएर राष्ट्रिय तहमा समेत स्थान दिने प्रतिबद्धता गरे ।

१४ औं कफिलवस्तु महोत्सवका आकर्षकहरु 

१२ औैं कपिलवस्तु डान्स आइडल, चर्चित अन्तर्राष्ट्रिय खेलाडीको रेसलिङ प्रतियोगिता, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगको प्रदर्शनी, मुक्तिनाथ मन्दिरको गेट र भिडियो जोन, वक्तृत्वकला प्रतियोगिता, आइटी तथा अटो क्षेत्रको प्रदर्शनी, बाल उद्यान, लुम्बिनीमा रहेको शान्ति दीप, विभिन्न झाँकी प्रदर्शनी तथा अन्य आकर्षकहरु महोत्सवका प्रमुख आकर्षकहरु हुन् ।

यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न कपिलस्तु महोत्सवले र कला संस्कृति प्रवद्र्धनमा कपिलवस्तु डान्स आइडलले विशेष योगदान गर्दै आएको छ । वेयलफेर सोसाइटी बाणगंगाको चर्चित र पुरानो सामाजिक कार्यमा क्रियाशील क्लबको रुपमा आफ्नो छुट्टै छवि बनाउन सफल भएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८० सोमबार ००:००  ७ : ०५ बजे