११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

दाङमा कुकुरले टोकेको शङ्का गरिएका २ जना बालबालिकाको ज्यान गयो



दाङ ।
दाङमा मङ्सिरको २ गते कुकुरले टोकेको शङ्का गरिएका २ जना बालबालिकाको २ दिनको अन्तरमा ज्यान गएको छ ।

दाङको घोराही उपमहानगरपालिका–१० उत्तर अमराइका उनीहरूको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

स्थानीय नरेश चौधरीकी ६ वर्षीया छोरी निलमको मङ्सिर २२ गते र गिरिराज वलीका ५ वर्षीय छोरा गम्भीरको हिजो आइतवार ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) रामबहादुर केसीले जानकारी दिनुभयो ।

उनीहरूको हातखुट्टा तथा अनुहारमा जनावरले टोकेको घाउका खत थिए । ती बालबालिकाले सानो खैरो कुकुरले टोकेको भने पनि कुकुर, जङ्गली ब्वाँसो या स्याल केले टोकेको पुष्टि हुन सकेको थिएन । उत्तर अमराई नजिकै वन छ ।

प्रकाशित मिति : २५ मंसिर २०८० सोमबार ००:००  ७ : ४२ बजे