१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बुद्धभूमि- २ का पूर्व वडाध्यक्ष भेषराज शर्माको निधन



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तु बुद्धभूमि नगरपालिका वडा नं. २ का पूर्व वडाध्यक्ष भेषराज शर्मा खनालको निधन भएको छ ।

बुधबार शर्माको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

नेकपा (एमाले) का नेता समेत रहेका शर्मा निष्कलङ्कित जनप्रतिनिधि हुन् । साविक जयनगर गाविस हालको बुद्धभूमि २ का वडाध्यक्ष शर्मा ०७४ मा लोकप्रिय मतका साथ विजयी भएका थिए ।

गोरुसिंगे निवासी शर्माको निधन प्रति जिल्लास्थित सबै राजनीतिक दलले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०८० बिहिबार ००:००  ६ : ३८ बजे