२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

गाई काटेर भाग लगाउदै गर्दा कपिलवस्तुमा ३ जना पक्राउ



कपिलवस्तु  ।

कपिलवस्तुको वाणगङ्गामा गाई काटेर मासु भाग लगाउदै गर्दा ३ जना पक्राउ परेका छन् । बाणगङ्गा वडा न. १० भाबपुर बस्ने वर्ष २० को सुरज बि.क.को घरमा गाईको मासु काटेर भाग लगाउदै गर्दा उनीहरू पक्राउ परेका हुन् । शनिवार राति करिब ११ बजे उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ  ।

पक्राउ पर्नेमा बुद्धभूमि १० हरिहरपुर बस्ने वर्ष ५५ को बर्साती थारू, रूपन्देही कञ्चन गाउपालिका वडा नं ५ भैसाई बस्ने वर्ष ३० को श्रीधर टमटा र बाणगङ्गा १० भाबपुर बस्ने वर्ष २० को सुरज बि.क. रहेको प्रहरीले जनाएको छ ।

विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूको पक्राउ गरेको हो । उनीहरूको सँगै अन्दाजी १ क्विन्टल गाईको मासु बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई जिल्ला अदालत कपिलवस्तुबाट ५ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भैइरहेको रायमाझीले बताए ।

प्रकाशित मिति : ८ पुस २०८० आइतबार ००:००  ९ : ५९ बजे