२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

चिसोबाट बच्न सतर्कता अपनाउन अनुरोध



काठमाडौं ।
देशभरिको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका मौसमविद् सरोज पुडासैनीले अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि चिसो बढिरहेकाले आवश्यक सर्तकता अपनाउन अनुरोध गर्नुभयो । अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहेको महाशाखाले उल्लेख गरेको छ ।

‘पश्चिमी वायुको आंशिक प्रभाव छ । केही दिनलाई ठूलो मौसमी प्रणालीको प्रभाव छैन’, मौसमविद् पुडासैनीले भन्नुभयो । आज सोमवार कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ । रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाको विवरणमा बिहान तराईका विराटनगर, जनकपुर र भैरहवामा बाक्लो हुस्सुरकुइरो लागेको थियो । तापक्रम घटेकाले काठमाण्डौमा अत्यधिक चिसो बढेको छ । दिउँसो घाम लागे पनि बिहान र बेलुका बढी जाडो महसुस गरिएको छ ।

प्रकाशित मिति : ९ पुस २०८० सोमबार ००:००  ७ : ३१ बजे