२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

भविष्यमा कोरोना जस्ता महामारी आइपर्न सक्छन् : डब्ल्यूएचओ



एजेन्सी ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भविष्यमा आइपर्न सक्ने कोरोनाजस्ता महामारीसँग लड्न तयारी अवस्थामा रहनुपर्ने जनाएको छ ।

डब्ल्यूएचओले विश्वले तीन वर्षमा कोभिडका कारण निम्तिएको सङ्कट, पीडा र नोक्सानी भोगेको जनाउँदै अब भविष्यमा आइपर्न सक्ने यस्ता महामारीसँग लड्न तयारी गर्नुपर्ने जनाएको हो ।

डब्ल्यूएचओले सन् २०२३ मा प्रमुख स्वास्थ्य चुनौतीहरू निम्तिएका जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस गेब्रेयससले सन् २०२३ ले स्वास्थ्य क्षेत्रमा आएका सङ्कटसँग लड्न बलियो आधार तय गरेको बताउनु भएको छ ।

गेब्रेयससले गएको मे महिनामा अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपत्कालका रूपमा कोभिड–१९को अन्त्य भएको घोषणा गर्नुभएको थियो ।

उहाँले अझै पनि हैजालगायत ४० वटाभन्दा धेरै प्रकोपहरूसँग लड्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले अन्य प्रकारका महामारी रोक्नका लागि विश्वको तयारी अपुग रहेको बताउनु भएको एएफपीमा उल्लेख छ।

प्रकाशित मिति : ११ पुस २०८० बुधबार ००:००  ७ : ३५ बजे