२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

समाजवादी मोर्चाको संयोजकमा माधव नेपाल नै



काठमाडौं ।
चार दल सहभागी समाजवादी मोर्चाले संयोजकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई नै निरन्तरता दिने निर्णय गरेको छ ।

बुधबार बसेको मोर्चाको बैठकले हाल संयोजकको जिम्मेवारीमा रहेका नेपाललाई नै निरन्तरता दिने निर्णय गरेको एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका मोर्चाका सदस्य सचिव प्रमेश हमालले जानकारी दिए ।

मोर्चाको संगठन विस्तार हुन बाँकी रहेका जिल्लामा पुस मसान्तसम्म गठन गरिसक्ने निर्णय गरेको छ । साथै, सम्भव भएका जिल्लामा सन्देश सभा समेत गर्ने निर्णय गरेको छ ।

माघको पहिलो हप्तामा अन्तरक्रिया र १६ माघमा शहीद दिवसका अवसरमा पनि कार्यक्रम गर्ने निर्णय भएको हमालले बताए ।

साथै, संघीयतालाई प्रभावकारी बनाउनका लागि सरकारको ध्यानाकर्षण गर्ने र राजनीतिक प्रकृतिका मुद्दामा अदालतले चालिरहेको कदमका बारेमा समते कसरी अगाडि बढ्ने विषयमा छलफल भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १२ पुस २०८० बिहिबार ००:००  ८ : ४० बजे