२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

यस्ता छन् दूध र पानीमा बेसार मिलाएर पिउनुका १२ फाइदा



एजेन्सी ।
आयुर्वेदका अनुसार बेसार औषधीय गुणले भरिपूर्ण छ । विशेष गरी जाडो मौसममा बेसारको प्रयोगले स्वास्थ्यमा धेरै लाभ हुन्छ । बेसारमा प्राकृतिक रूपमै एन्टिइन्फ्लेमेटोरी तथा एन्टिअक्सिडेन्टको मात्रा प्रचुर रहन्छ । हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता विकास गर्न यी तत्त्वले मद्दत गर्छन् ।

यहाँ हामीले बेसार खानुका फाइदाबारे चर्चा गरेका छौँ ।

– जाडो मौसममा बेसारपानी पिउँदा यसले शरीरको इम्युनिटी बढाउँछ र हानिकारक भाइरसहरूबाट बचाउन मद्दत गर्छ ।

– बेसारपानीले मुटुका बिरामीलाई निकै फाइदा गर्छ । यसले कोलेस्टेरोलको स्तर घटाउनुका साथै एथेरोस्क्लेरोसिसलाई रोक्छ र धमनीहरूमा रगत जम्ने समस्याबाट जोगाउँछ ।

– बेसारपानीको प्रयोगले मिर्गौलामा भएको खराब कोषहरू नष्ट गरी मिर्गौलाको कार्यसञ्चालन चुस्त बनाउँछ र संक्रमण हुनबाट रोक्छ ।

– बेसार हालेको चिया मधुमेहका बिरामीका लागि पनि फाइदाजनक हुन्छ किनभने यसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ ।

– दूधमा बेसार मिलाएर खाए यसले शरीरलाई न्यानो राख्छ र चिसोबाट जोगाउँछ ।

– बेसारको प्रयोगले जाडो मौसममा जोर्नी दुखाइको समस्या नियन्त्रण गर्न सकिन्छ ।

– बिहान नियमित बेसारपानी पिउँदा रुघाखोकीबाट बच्न सकिन्छ ।

– बेसारपानीले छालालाई चम्किलो बनाउँछ र उमेरको प्रभाव बढ्न दिँदैन ।

– बेसारपानीमा कागती र मह मिलाएर पिउने हो भने यसले रगतबाट विषाक्त पदार्थहरू हटाउन मद्दत गर्छ ।

– बेसारपानीले शरीरमा बोसो जम्मा हुनबाट रोक्छ र तौल घटाउन मद्दत गर्छ ।

– बेसारपानीले स्मरणशक्तिसमेत बढाउँछ ।

– बेसारपानीले पाचन प्रक्रिया सुधार गर्न मद्दत गर्छ र ग्यास हुन दिँदैन ।

(एजेन्सीको सहयोगमा)

प्रकाशित मिति : १२ पुस २०८० बिहिबार ००:००  ८ : ४८ बजे