११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

कुकुर प्रकरण : अस्पतालका ३ जना कर्मचारी निलम्बित



कपिलवस्तु ।

प्रदेशमै उत्कृष्ट सेवा दिइएको भनिएको कपिलवस्तु अस्पतालको इमर्जेन्सी बेडमा कुकुरको रजाई भन्ने समाचार मायादेवी अनलाइनमा प्रकाशित भएपछी कपिलवस्तु अस्पताल प्रशासनको चासो गएको छ ।स्वास्थ्यका दृष्टिकोणले अति संवेदनशील मानिने इमर्जेन्सी विभागमा २४ घण्टा स्वास्थ्यकर्मी खटिएका हुन्छन् । तर अस्पतालको इमर्जेन्सी बेडमा कुकुर गएर सुतेपछि डिउटिमा लापरवाही गरेको भन्दै कपिलवस्तु अस्पताल इमर्जेन्सी फाटका ३ जना कर्मचारी निलम्बनमा परेका छन्।

इमर्जेन्सी फाटको बेडमा कुृकुर सुतेको तस्विर सहितको समाचारमा, सामाजिक संजालमा भाईरल बनेको थियो । अस्पताल प्रशासनको सोमवार बसको बैठकले घटनाको छानबिन पछि ३ जनालाई निलम्बनमा राखेको हो । २ जना अहेब र एक जना कार्यालय सहयोगी निलम्बनमा परेका हुन।

उक्त घटनाको छानबिनमा कोही नभएको बेला बेडमा ५ मिनेट कुकुर बसको थियो । अस्पतालमा रहेको सिसि टिभी फुटेज चेक गरेपछि उक्त कुरा प्रमाणित भएको  थियो । अस्पतालका मेसु बिपिन जैसवालले लापरावही गर्ने ३ जनालाई निलम्बन गरिएको बताए ।

यसअघि स्वास्थ्य माथिको लापरवाही र गैर जिम्मेवार कर्मचारी प्रशासन माथी छानविन गरी कारवाही गरिने अस्पतालका अध्यक्ष शिवलाल यादवले मायादेवी अनलाइनलाई बताएका थिए ।

यो पनि हेर्नुहोस् https://www.mayadevionline.com/2024/01/147420

प्रकाशित मिति : १७ पुस २०८० मंगलबार ००:००  ८ : ०६ बजे