१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

हुस्सु र कुहिरोले ढाक्यो तराई/मधेश



काठमाडौँ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

हाल कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ।

तराई मधेशका अधिकांश भू-भागमा यतिबेला बाक्लो हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा आज दिउँसो हल्का हिमपातको पनि सम्भावना छ।

राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा राति पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : १८ पुस २०८० बुधबार ००:००  ७ : ५० बजे