२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

समाजवादी छाडेका राजु गुरुङ भन्छन्– पर्ख र हेरको अवस्थामा छु



बुटवल ।
मंगलबार पार्टी केन्द्रीय समिति सदस्यबाट राजीनामा दिएका नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश कमिटी सचिव समेत रहेका राजु गुरुङले केही समय आफू कुनै दलमा नलाग्ने बताए छन्।

उनले तत्काल अन्य कुनै दलमा नलागी दलहरूका गतिविधिमा हेर्ने बताए ।उनले ठुला दलहरू देशमा परिवर्तनको सम्भावना कम भएको दल बाहेक स्वतन्त्र रूपमा सामाजिक रूपान्तरण लागि काम गर्ने सक्ने अवसर खुला रहेको प्रस्टाए ।

उनले पार्टी हरेक केन्द्रीय समितिहरू उस्तै भएकोले पनि आफू पार्टीमा बस्न नसकेको बताए । पार्टीको निर्णयमा असन्तुष्टि जनाउँदै उनले झन्डै ६ महिना अगाडि सामाजिक सञ्जालबाट पार्टीमा निष्क्रिय रहने घोषणा गरेका थिए ।

रुपन्देहीको बुटवल निवास गुरुङले एमाले एमाले विभाजित भएपछि रुपन्देहीमा समाजवादीको जिल्ला कमिटी स्थापनामा उनी नेतृत्वदायी भूमिकामा रहेका थिए।

प्रदेश सचिवको समेत जिम्मेवारी लिएका गुरुङले गत प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ बाट गठबन्धनको तर्फबाट उम्मेदवार बने पनि उनको उम्मेदवारी खारेजी भएको थियो। उनीमाथि बैङ्कको कालो सूचीमा रहेको भन्दै उजुरी परेको थियो ।

प्रकाशित मिति : २५ पुस २०८० बुधबार ००:००  २ : ११ बजे