१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बाक्लो हुुस्सुु र बढ्दो चिसोले तराईको जनजीवन कष्टकर



काठमाडौं ।
तराई मधेसका जिल्लामा केही दिनदेखि लगातार बाक्लो हुस्सु कुहिरो लागिरहेको छ । दिउँसोसम्मै हुुस्सु कुहिरो लागिरहँदा तराईका सबैजसोको ठाउँमा चिसो बढेको मौसम पूर्वामान् महाशाखाले जनाएको छ ।

दिनहुँ चिसो बढ्दा जनजीवन कष्टकर भएको छ । कामका लागि घरबाहिर निस्कन पनि मुस्किल परेको स्थानीय बासिन्दाले बताएका छन् । चिसोले वृद्धवृद्धा र बालबालिकालाई बढी असर गरेको छ । चिसोकै कारण तराइ मधेसका कतिपय विद्यालयमा बिदा दिइएको छ । तराईसँगै देशका अरु ठाउँमा पनि चिसो बढेको छ ।

काठमाण्डौ उपत्यकामा आजको न्यूनतम तापक्रम पाँच दशमलव ८ डिग्री सेल्सियस मापन भएको छ । आज पनि उच्च पहाडी तथा हिमाली भेगका एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले छ।

प्रकाशित मिति : २६ पुस २०८० बिहिबार ००:००  ६ : ३६ बजे